स्वर्गीय भगवती लामिछानेको प्रथम स्मृति दिवस मनाइयो

ब्रेकिंग

3/recent/ticker-posts

स्वर्गीय भगवती लामिछानेको प्रथम स्मृति दिवस मनाइयो

 

फोटो: कुशल जिसी 

कृष्ण जि.सी./जलजला, भदौ-११, पर्वतको जलजला-२, मल्लाजमा स्व. भगवती लामिछानेको प्रथम स्मृति दिवस मनाइएको छ । गर्ग गोत्रीय घर्ति क्षेत्री लामिछाने बन्धु समाजमा ५ लाख  रुपैयाँको  अक्षयकोष  स्थापना गर्नुभएका पर्वतको  मोदि गाउपालिका तिलाहर निवासि निर्मल लामिछने ज्युको धर्म पत्नि स्व. भगवति लामिछनेको प्रथम स्मृति दिवस मंगलबार समाजको केन्द्रीय कार्यालय मल्लाजमा सम्पन्न भएको हो  
तिलाहार निवासी स्वर्गीय भगवती लामिछाने उहाँका श्रीमान निर्मल जंग लामिछाने, छोराहरु मदन लामिछाने, विनोद लामिछाने र छोरी मुना लामिछानेले आफ्नो कुल मंदिरको नित्य पुजा संचालानार्थ ५ लाखको अक्षयकोष स्थापना गर्नुभएको थियो ।
कोष स्थापाना पश्चात कुलामंदिरको नित्य पुजा संचालनमा सहज भएको गर्ग गोत्रीय घर्ति क्षेत्री लामिछाने बन्धु समाजका केन्द्रीय अध्यक्ष क्याप्टेन टेक बहादुर जिसीले बताउनुभयो । कार्यक्रममा जलजला गाउँपालिका वडानं २ का अध्यक्ष प्रकाश बहादुर जिसी, वडा नं ४ का अध्यक्ष भरत जिसीको समेत उपस्थिति रहेको थियो ।
स्मृति दिवस कार्यक्रम समाजका केन्द्रीय अध्यक्ष क्याप्टेन टेक बहादुर जिसीको अध्यक्षता, कोषका सचिव नविन जिसीको संचालन र स्वागत कोषका अध्द्यक्ष डम्बर जिसीले गर्नुभएको  थियो  
गर्ग गोत्रीय घर्ति क्षेत्रीको नित्य पुजा मल्लाज साम्मारे स्थित कुल मन्दिरमा हुने गर्दछ भने "मष्ट" पुजा पूर्णगाउँ स्थित मन्दिरमा हुने गरेको छ । साम्मारे स्थित मन्दिरमा दैनिक पुजाआजा   हरिबहादुर जिसीले गर्दै आउनुभएको छ ।