बेनीको वेष्ट पोइन्टमा २११ औं भानु जयन्तिको अवसरमा रामायण तथा कबिता बाचन

ब्रेकिंग

3/recent/ticker-posts

बेनीको वेष्ट पोइन्टमा २११ औं भानु जयन्तिको अवसरमा रामायण तथा कबिता बाचन

 



बेनी, असार-२८, "२११ औं भानु जयन्ति"को अवसरमा बेनीमा रामायण बाचन तथा कबिता बाचन भएको छ म्याग्दीको बेनी स्थित न्यु वेष्ट पोइन्ट विद्यालयमा कक्षा १२ का विद्यार्थीहरुले भानुजयन्तीको अवसरमा असार २८ गते शुक्रबार रामायण तथा कबिता बाचन कार्यक्रम आयोजना गरेका हुन् कार्यक्रममा विद्यार्थी र शिक्षकहरुले भानुभक्तको जीवनी, रामायण बाचन र कबिता बाचन गरेकाथिए विद्यालयका शिक्षक राजु बस्यालले गुरु ब्रम्हा, गुरु  विष्णु....... मंत्रोत्ताचारण सहित कार्यक्रमको शुभारम्भ गराउनुभएको थियो

विद्यालयका प्रिन्सिपल डीबी दाहालले विद्यार्थीहरुले आयोजना गर्ने यस्ता कार्यक्रमले उनीहरुको नेतृत्वदायी क्षमता बिकास गर्ने बताउनुभयो भानु जयन्तिको अवसरमा आयोजना गरेको यस कार्यक्रमले गर्दा विद्यार्थीहरुलाई नेपाली साहित्य जगतको बारेमा जानाकारी लिन सहयोग पुग्ने बताउनुभयो  उहाँले  आफ्नो संस्कृतिमा जति आनन्द लिन सकिन्छ त्यो अन्य अरुबाट लिन नसकिने भएकोले नेपाली संगीत, साहित्य र कलाभाषा आफ्नो भएको बताउनुभयो

कार्यक्रममा शिक्षक केशवराज पौडेलले भानुभक्तले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो शिक्षक राज्यु बस्यालले भानुभक्त आचार्यद्वारा लिखित रामायणको विभिन्न काण्डका स्लोक छन्दमा बचन गर्नुभएको थियो  उहाँले वेष्ट पोइन्टका विद्यार्थीहरुले गरेको यो कार्यकमले आफुलाई खुसि लागेको बताउनुभयो

कक्षा १२ का बर्खा थापा, जिना राइले कविता बाचन गर्नुभएको थियो   छात्रा बर्खा थापाले अहिलेका हामि विद्यार्थीहरु अधिकांशले बिदेशी  गीत ति  गीतका गीतकार र लिरिक्स कण्ठ गरेका छौं तर हामीले हाम्रो भाषा नेपाली साहित्य र कबिता प्रती अनभिज्ञ रहेको अबस्था छ त्यसैले हामिले आफ्नो साहित्य कला भाषाप्रति पनि उत्तिकै चासो दिनुपर्ने बताउनुभयो

त्यसैगरी कार्यक्रममा शिक्षक कृष्ण जिसी ले उडेको सपना शिर्षकको एक कबिता र रामायणको बालाकान्ड छन्दमा बाचन गर्नुभएको थियो गत वर्ष जिल्लास्तरीय छन्द कविता बाचन प्रतियोगितामा प्रथम भएकी वेष्ट पोइन्टकि ऋचा जिसीले आमा शिर्षकको कबिता बाचन गर्नुभएको थियो

कार्यक्रम कक्षा १२ सेक्सन सिका आशिक बरुवालको अध्यक्षता र संचालन कक्षा १२ सेक्सन बिका  दिव्या बानियाले गर्नुभएको थियो

विद्यालयमा नेतृत्वबिकास सम्बन्धि यस्ता सृजनात्मक कार्यक्रम तथा विभिन्न इभेन्ट्सहरु विद्यार्थीहरुले आयोजना विद्यालयले जनाएको छ, वेष्ट पोइन्ट विद्यालयले असार १० गतेदेखि नै कक्षा १२ को पढाइ सुचारु गरिसकेको छ भने कक्षा ११ मा नया भर्ना संचालन गरेको प्रिन्सिपल डीबी दाहालले बताउनुभयो उहाँले वेष्ट पोइन्ट विद्यालय अधिकांश विद्यार्थीको रोजाई वेष्ट पोइन्ट रहेको छ  गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर अध्यापन गराउन प्रतिबद्द रहेकोले अस्वस्थ प्रतिस्पर्धा नगर्ने र वेष्ट पोइन्ट रोजेर आउने विद्यार्थीलाई पढाइको बातावारण मिलाई उत्तीर्ण गराउने धेय रहेको बताउनुभयो