म्याग्दी, मंसिर -४, म्याग्दी जेसीजको मूल आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा हुने २१ औं जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिताको लोगो र टाईटल स्पोन्सर सार्वजनिक गरिएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीमा मंसिर १९ गतेदेखि २२ गतेसम्म संचालन हुने जिल्ला स्तरीय अन्तर मावि जेसीज कप फुटवल प्रतियोगिताको सोमबार पत्रकार सम्मेलनमार्फत लोगो र प्रायोजक सार्वजनिक गरिएको हो।
२१ औं संस्करणको जेसिस कप प्रतियोगिताको टाईटल
प्रायोजकमा राम–विमला फाउण्डेशन रहेको शाखा अध्यक्ष सुमन बानियाँले जानकारी
दिनुभयो । उहाँका अनुसार प्रतियोगितालाई राम–विमला फाउण्डेशन जिल्ला स्तरीय अन्तर
मावि जेसीजकप फुटवल प्रतियोगिताको रुपमा संचालन गरिने जानकारी दिनुभयो ।
त्यसैगरी प्रतियोगिताको
सह आयोजक मिन बहादुर बिश्वकर्मा स्मृति कोष रहेको छ । अध्यक्ष बानियाँले मंसिर १९
गतेदेखि सुरु हुने फुटवल प्रतियोगितामा जिल्लाभित्र सबै विद्यालयलाई सहभागि हुने
गरी तयारी गरिदिनुहनु समेत आग्रह गर्नुभएको छ।
प्रतियोगितामा
बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२
हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र
प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा
उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई
अवार्डसहित क्रमश नगद २५ सय पुरुस्कारले पुरस्कृत गरिने मुल संयोजक म्याग्दी
जेसिसका कार्यकारिणी उपाध्यक्ष बिनोद घर्ति
क्षेत्रीले बताउनुभयो । त्यस्तै अनुशासित टिम र सेमिफाइनलबाट बाहिरिएका टिमलाई ५
हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
जेसीजकप फुटवल
म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित प्रतियोगितामा गत वर्षभन्दा
धेरै विद्यालयको सहभागिता हुने अपेक्षा गरिएको अध्यक्ष बानियाले बताउनुभयो ।
प्रतियोगितामा कुल ७ लाख ५० हजारभन्दा बढी खर्चको अनुमान गरिएको बताइएको छ ।
प्रतियोगितालाई सफल बनाउन म्याग्दी
जेसिसका कार्यकारिणी उपाध्यक्ष विनोद घर्ती क्षेत्रीको मूल संयोजकमा विभिन्न १७
वटा उपसमिति गठन गरेर तयारी अगाडी बढाईएको अध्यक्ष बानियाँले बताउनुभयो ।
पत्रकारहरुले
सोधेको प्रश्नको जवाफ दिदै आगामी दिनमा जिल्लाका विभिन्न स्थानिय तहहरु संग समन्वय
गरेर सदरमुकाम बाहिर समेत प्रतियोगिता संचालन गरिने बताउनुभयो । बिगतका
प्रतियोगितामा सदरमुकाम बाहिरबाट समेत धेरै विद्यालय सहभागी हुनुका साथै बिजेता
समेत बन्न थालेका र सदरमुकाम बाहिर पर्याप्त
पुर्वार्धार समेत तयार भएकोले आगामी दिनमा सदरमुकाम बाहिर समेत प्रतियोगिता संचालन
गरिने लक्ष रहेको अध्यक्ष बानियाले बताउनुभयो ।
विद्यालय तहमा हुने
जिल्ला स्तरीय फुटवल प्रतियोगितालाई सफल बनाउन बिगतका दिनमा जस्तै यसपटक पनि प्रचार
प्रसार मार्फत सहयोग गरिदिन संचार माध्यमलाई आग्रह गर्नुभएको छ।