कृष्ण जिसी,
बलिउड अभिनेत्री दीपिका पादुकोण र रणबीर कपूर कुनै समय प्रेममा थिए । दीपिकाले रणबीरको नाममा ट्याटु पनि बनाएकी थिइन् । तर, उनीहरुबीचको सम्बन्ध टुट्यो । उनीहरुको पहिलो भेट ‘बचना ए हसीनों’ फिल्मको सुटिङ हुनुभन्दा पहिले नै भएको थियो । रणबीरको उनीहरुको पहिलो भेटको विषयमा कुराकानी गरेका थिए । रणबीरले ‘ओम शांन्ति ओम’को सुटिङ भइरहेको एक फिल्म स्टुडियोमा भएको थियो ।
दीपिका ब्रेकमा आफ्नो भ्यानिटी भ्यानमा जाँदा रणबीरले देखेका थिए । पहिलो भेटमा नै रणबीरले दीपिकाको फोन नम्बर खोजेर कल गरेका थिए । त्यसपछि उनीहरु एकअर्कासँग नजिकिएका थिए ।
तर, दुई वर्षपछि उनीहरुको सम्बन्धमा दरार आयो । फिल्म ‘राजनीति’को सुटिङ मा रणबीर कट्ररिना कैफसँग नजिक भए । कट्ररिनाकै लागि रणबीरले दीपिकालाई धोका दिएका थिए । दीपिकाले रणबीरलाई रंगेहात भेटाएपछि सम्बन्धको अन्त्य गर्ने घोषणा गरेकी थिइन् ।