एजेन्सी । घरेलु मैदानमा हुने पहिलो सिजनको पहिलो ‘एल क्लासिको’ का लागि बार्सिलोना तयार भएको क्लबका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले बताएका छन् ।
स्पेनिस पत्रिका मुन्डो स्पोर्टस्सँगको कुराकानीमा उनले क्लब बार्सिलोना र रियल मड्रिडबीचको खेलका लागि आफू पूर्ण रुपमा तयार भएको बताएका छन् । रियल र बार्सिलोनाबीचको खेल २४ अक्टोबरमा हुनेछ ।
शनिबार हुने खेल नेपाली समयानुसार साँझ ७:४५ बजे सुरु हुनेछ । कोम्यानका लागि बार्सिलोनमा प्रशिक्षकका रुपमा यो पहिलो एल क्लासिको हो ।
“खेलका लागि हामी पूर्ण रुपमा तयार छौं । पहिलोपटक रियल र बार्सिलोनाबीचको खेलमा प्रशिक्षको भूमिकामा छु । घरेलु मैदानमा खेलको नतिजा आफ्नो पक्षमा पार्ने हाम्रो योजना छ,” कोम्यानले भने ।